समाचार

पानीमा डुबेर सुनसरीमा २ जनाको मृत्यु

dubera swim WiAQivmp0C cctzaUTnk3

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
भाद्र–२५ सोमबार ।

सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर २ जनाको मृत्यु भएको छ।

आइतबार राति ८ बजे सुनसरीको रामधुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका १ वर्षीय छोरा अमर मन्सुर खेल्ने क्रममा घर नजिकै रहेको नहरमा डुबेर घाइते भई उपचारको लागि जिल्ला अस्पताल इनरुवा सुनसरी पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए।

यसैगरी सुनसरीको इटहरी उप–महानगरपालिका–४ मनकामना चोकमा रहेको जेष्ठ नागरिकको मन्दिरमा पुजारीको काम गर्ने भोजपुरको टेम्केमैयुम–७ का ५५ वर्षीय केशव नेपालको पानीको ड्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस