अनुज पछाई, भक्तपुर ।
आश्विन–६ सनिवार ।
भक्तपुरको ताथलीमा विराट ज्ञान महायज्ञको रौनक बडदै गएको छ । आगामी असोज ११ गतेदेखि २७ गतेसम्म १७ दिन सम्म सञ्चालन हुने महायज्ञको आन्तरिक तयारी तिब्र पारिएको छ ।
जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली नालाछापमा सञ्चालन हुन लागेको भक्तपुर चागुनारायण धार्मिक तथा सास्कृतिक महामहोत्सव एंव ऐतिहासिक श्रीमद्भागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञ २०८० नाम दिएर सञ्चालन हुन लागेको उक्त महायज्ञको पूर्वसन्ध्यामा सनिबार (आज) बृहत मोटरसाइक ¥यालीको कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम स्थलबाट सुरु भएको मोटरसाइकल ¥याली जडिबुटी हुदै पेप्सिकोला देखि पुनः कार्यक्रम स्थलमा पुगेर सम्पन्न भएको हो । बृहत मोटरसाइकल ¥यालीमा मोटरसाइकल तथा स्कुटि गरेर करिब ३ सय बढीको सहभागीता रहेको थियो ।

भक्तपुरको ताथलीम रहेको छोरीको घर जेष्ठ नागरिक आश्रमको सहयोगार्थ सञ्चालन हुन लागेको उक्त महायज्ञको अन्य प्रमुख उद्देश्यमा बृहत आध्यामिक केन्द्र,प्राकृतिक चिकित्सालय,गौशाला निर्माण,निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने आदि रहेको छ ।

