देश

महायज्ञले चाँगुनारायण नगरपालिकाको शिर उच्च बनायोः नगरप्रमुख खत्री

meyar

अनुज पछाई,भक्तपुर ।
आश्विन ११ बिहिबार ।

भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा सञ्चालन भएको विराट ज्ञान महायज्ञले नगरपालिकाको शिर नै थप उच्च बनाएको नगरप्रमुख जीवन खत्रीले बताएका छन । भक्तपुर,चाँगुनारायण,ताथली धार्मिक तथा सास्कृतिक महामहोत्सवको समुदघाटन कार्यक्रममा विशिष्ट अतिथीको रुपमा सहभागी रहेका नगरप्रमुख खत्रीले उक्त कुरा बताएका हुन ।

“चाँगुनारायण नगरपालिका आफैमा धार्मिक स्थलले भरिपूर्ण स्थान हो ।” नगरप्रमुख खत्रीले भने “विगतदेखि बिभिन्न सास्कृतिकले भरिपूर्ण रहेको हाम्रो नगरको शिर उच्च बनाउनको लागी हाल सञ्चालन भएको महायज्ञले पुलको काम गरेको छ ।”

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै मेयर खत्रीले छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माण गर्नको लागी चागु नगरबासी मिलेर साकार गर्ने पनि बताएका छन । त्यस्तै नगरप्रमुख खत्रीले चागुनारायण नगरपालिकाले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारीमा रहेको पनि जानकारी दिएका छन ।
भक्तपुर,चाँगुनारायण,ताथली धार्मिक तथा सास्कृतिक महामहोत्सव एंव ऐेतिहासिक श्रीमदभागवत विराट पितृ मुक्ति महायज्ञ नाम दिइएको उक्त महायज्ञ आगामी २७ गते सम्म सञ्चालन हुने छ ।

ताथलीमा रहेको छोरीको घर जेष्ठ नागरिक आश्रमको लागी जग्गा खरिद गरि भवन निर्माणको लागी महायज्ञ आयोजना गरिएको आयोजकले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस