धर्म-संस्कृति / रितिथिति

महायज्ञको तेस्रो दिनमै करिब ६० लाख सहयोग सङ्कलन

banar

एनएमबि न्युज डेक्स,भक्तपुर ।
आश्विन १३ सनिवार ।

गत विहिबारबाट भक्तपुरको ताथलीमा सञ्चालन भएको श्रीमद्भागवत विराट पितृ मुक्ति महायज्ञको तेस्रो दिनमै करिब ६० लाख रकम सङकलन भएको आयोजकले जनाएको छ । भक्तपुरको चागुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा रहेको छोरीको घर जेष्ठ नागरिक आश्रमलाई जग्गा खरिद गरि भवन निर्माण आदि सहयोगार्थ उक्त महायज्ञ सञ्चालन भएको हो ।

यसअघि नै जग्गा खरिदको लागी महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजयमूर्ति महाराज श्रीले ५० लाख आर्थिक सहयोग गर्ने घोषणा गरिसकेका छन । त्यस्तै शुक्तबार र सनिवार विभिन्न दानबिरदाताबाट करिब १० लाख रकम सङकलन भएसंगै करिब ६० लाखको हाराहारिमा रकम सङकलन भएको छोरीको घर जेष्ठ नागरिक आश्रमका अध्यक्ष विजयमूर्ति महाराज श्री ले बताएका छन ।

गत ११ गतेबाट सञ्चालन भएको उक्त महायज्ञ आगामि २७ गते सम्म सञ्चालन हुने छ । महायज्ञका सम्पूर्ण कार्यक्रमरु ४ शत्रमा सञ्चालन हुने गरेका छन । बिहानी शत्रमा यज्ञ मण्डपलगायतमा पुजापाठ,दिवा शत्रमा कथा बाचन तथा झाकि प्रस्तुती र सन्ध्याकालीन समयमा महाआरतिको कार्यक्रम सञ्चालन हुने गरेको छ । त्यस्तै रात्रिकालीन प्रहरमा पनि भागवतका कथा,झाकि संगै चेतनामूलक नाटकहरु पनि प्रस्तुत हुने गरेका छन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस