जीवनशैली

जेष्ठ नागरिक दिवश पारि महायज्ञमा सहभागी जेष्ठ नागरिकलाई अभिनन्दन

jesta

एनएमबि न्युज डेक्स,भक्तपुर ।
आश्विन १४ आइतवार ।

भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा सञ्चालन भएको विराट पितृ मुक्ति महायज्ञमा पनि जेष्ठ नागरिक दिवश मनाइएको छ । दिवशको अवसरमा महायज्ञमा सहभागी ७० बर्ष माथीका ४० बढी जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

 

महायज्ञमा सहभागी भएका जिल्ला तथा आसपासका जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । महायज्ञका संकल्पकर्ता वालयोगेश्वर श्री विजयमूर्ति महाराज श्रीले कथा प्रवचनकै क्रममा सहभागी जेष्ठ नागरिकलाई सम्मान गरेका हुन ।
त्यस्तै विजयमूर्ति महाराज श्रीले केहि दिन पछि वृहत रुपमा जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम रहेको पनि जानकारी दिएका छन ।

jesta 1

फोटोःबिशाल शहनी

छोरीको घर जेष्ठ नागरिक आश्रमको सहयोगार्थ सञ्चालन भएको विराट ज्ञान पितृ मुक्ति महायज्ञको आज चौथो दिवशिय कार्यक्रम हो । १७ दिनसम्म सञ्चालन हुने उक्त महायज्ञ आगामि असोज २७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस