एनएमबि न्युज डेक्स,भक्तपुर ।
आश्विन १५ सोमबार ।
वैदिक हिन्दु सनातन धर्म संस्कृतिमाथी आक्रमण भएमा आफुले लगाएको सांसदको लागो नै मिल्काएर संरक्षणको लागी आफु सडक उत्रिन तयार रहेको संघिय सुनाई समितीका सभापति तथा रौटहट क्षेत्र नं. २ का संघिय सांसद किरण कुमार शाहले बताएका छन ।
आइतबार भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका वडा नं. ९ को ताथलीमा सञ्चालन भएको श्रीमद्भावत विराट पितृ मुक्ति महायज्ञमा सहभागी भएका सांसद शाहले उक्त कुरा बताएका हुन ।
“मेरो बाबा आमाले सिकाउनुभयो धर्म र संस्कृति भन्दा ठूलो अर्काे केहि हुदैन ।यदि हाम्रो धर्म र संस्कृतिमाथी औला उठछ भने,म अहिले लगाएको संघिय सांसदको लागो मिल्काएर संरक्षणको लागी सडक झर्न तयार छु ।मलाई यो लोगो भन्दा धर्म संस्कृति बढी माया छ।” सांसद शाहले भने –“सनातन संस्कृतिमाथी आक्रमण गर्ने अपराधिलाई तह लगाउने बेला आएको छ । ”

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शाहले नेपालमा राजनिती गर्ने सम्पूर्णलाई राजनिति भन्दा पनि राजधर्मका कुरा सिकाएर महाभारतका पाठ एकएक गरि सिकाउन जरुरी देखिएको बताएका छन । त्यस्तै सनातन धर्म र संस्कृतिको बारेमा ३ करोड नेपालीलाई सिकाउन सकेको खण्डमा मात्र समृद्ध नेपालको परिकल्पना साकार हुने उनको भनाई रहेको छ ।
त्यस्तै धर्म संस्कृतिको संरक्षण गर्नको लागी वालयोगेश्वर विजयमूर्ति महाराज श्रीको संकल्पमा सञ्चालन हुने यस्ता कार्यक्रमले आफुलाई उर्जा दिने पनि सांसद शाहले बताएका छन । सडकमा रहेका बालक तथा जेष्ठ नागरिकलाई निःशुल्क गाँस,बास र कपास को ब्यबस्था गर्नु पनि हाम्रो धर्म अन्तर्गत पर्ने भन्दै सांसद शाहले विजयमूर्ति महाराज श्रीको प्रशंसा समेत गरे ।
सरकाले आश्वासन दियो,निःशुल्क गास बास कपास दिन्छौ भनेर तर बालयोगेश्वर जी ले ब्यक्तिगत रुपमा सरकारको कामहरु गरिरहनुभएका छ । म आभारी छु । मेरो साथ सधै रहने छ । सांसद शाहको भनाई रहेको थियो ।