अनुज पछाई भक्तपुर ।
आश्विन १९ शुक्रबार ।
भक्तपुर क्षेत्र प्रदेश सभा (क) का सांसद किरण थापामगरले विजयमूर्ति महाराज श्रीले सुरु गर्नुभएको जेष्ठ नागरिक आश्रम निर्माण गर्ने कार्यमा हातमा हात जोडन जरुरी रहेको बताएका छन । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा सञ्चालन भएको विराट पितृ मुक्ति महायज्ञमा शुक्रबार प्रमुख अतिथीको रुपमा सहभागी बनेका सांसद थापाले उक्त कुरा बताएका हुन ।
त्यस्तै पछिल्लो समयमा सनातन हिन्दु धर्म संस्कृति प्रति भएको आक्रमणलाई रोक्न जरुरी देखिएको पनि सांसद थापाले बताएका छन । त्यस्तै ताथलीलाई धार्मिक स्थलको रुपमा बिकास गर्न सकिने धेरै सम्भावना रहेको पनि उनले बताएका छन ।
त्यस्तै सांसद थापाले आफु जेष्ठ नागरिक आश्रम निर्माण गर्न सधै तयार रहेको भन्दै हाल भवन निर्माणको लागि रु ५५ हजार ५५५ पनि सहयोग गरेका छन ।
प्रतिक्रिया दिनुहोस