अनुज पछाई, भक्तपुर
आश्विन २० सनिवार ।
छोरीको घर आश्रम निर्माण गर्नको लागि लाख मात्र नभएर करोड–करोड बजेट विनियोजन गर्न तयार रहेको चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले बताएका छन । सनिवार भक्तपुर जिल्लाको ताथलीमा सञ्चालन भएको श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञमा सहभागि भएका नगरप्रमुख खत्रीले उक्त कुरा बताएका हुन ।
ताथलीमा रहेको छोरीको घर जेष्ठ नागरिक आश्रमको लागि जमिन खरिद गरि भवन निर्माणमा सहयोगार्थ सञ्चालन भएको उक्त महायज्ञमा सहभागि भएका मेयर खत्रीले भने –“अहिले २० लाख ३० लाख दिन्छु भनेर उक्त रकमले आश्रम नबन्न पनि सक्छ । महायज्ञबाट सङकलन भएको रकम मध्यबाट जति रकम अपुग हुन आउछ नगरपालिकाले दिन तयार छ । ” मेयर खत्रीले भने –“त्यो चाहे ५० लाख होस चाहे १ वा २ करोड नै किन नहोस?”
आफ्नै कार्यकालमा आश्रम निर्माण गरि सक्ने पनि मेयर खत्रीले बताए । त्यस्तै आश्रमको डिपिआर पनि नगरपालिकाले निःशुल्क गरिदिने बताएका छन ।
त्यस्तै सम्बोधनकै क्रममा मेयर खत्रीले भनेका छन–“मैले जनताको सुख दुखमा साथ दिने कसम खाएको छु । मैले खाएको कसम पुरा गर्ने कार्यमा साथ दिनको लागि विजयमूर्ति महाराज आएर जोडिनुभएको छ । ढुक्क हुनुहोस आर्थिक अभावको कारणले आश्रम रोकिदैन । अबस्य बन्छ । विचमै छोडेर जान पर्दैन ।”