बागमती प्रदेश

महायज्ञमा एकैदिन करिब १ करोड बढी दान रकम सङ्कल

mahayagya

अनुज पछाई,भक्तपुर ।
आश्विन २१ ,आइतबार ।

भक्तपुर जिल्लामा सञ्चालन भएको वृहत पितृ मुक्ति ज्ञान महायज्ञमा एकै दिन करिब १ करोड रकम सङकलन भएको छ । जिल्लाको चाँगुनारायण नगरपालिका वार्ड नं.९ को ताथलीमा सञ्चालन भएको छोरीको घर जेष्ठ नागरिक आश्रमलाई जग्गा खरिद गरि भवन निर्माण सहयोगार्थ आयोजित भक्तपुर चाँगुनारायण ताथली धार्मिक तथा सास्कृतिक महामहोत्सव एंव ऐतिहासिक श्रीमदभागवत पितृ मुक्ति ज्ञान महायज्ञको १० औ दिन अर्थात सनिवार एकै दिन १ करोड बढी दान रकम सङकलन भएको महायज्ञका संङकल्पकर्ता वालयोगेश्वर विजयमूर्ति महाराज श्री ले जानकारी दिएका छन ।

सनिवार महायज्ञमा सहभागि भएका बिभिन्न स्थानिय,प्रदेश स्तरका जननेता तथा बिभिन्न संघसंस्थाका ब्यक्तिहरुबाट बोल रकम र नगदी सङकलित रकम गरेर १ करोड दान रकम सङकलन भएको आयोजकले जनाएको छ ।

गत आश्विन ११ गतेदेखि सुरु भएको महायज्ञमा हालसम्म करिब २ करोड बढी दान रकम सङकलन भैसकेको पनि आयोजकले जानकारी दिएको छ । महायज्ञ आगामि २७ गतेसम्म सञ्चालन हुने छ । अहिले जिल्ला तथा जिल्ला बाहिरबाट महायज्ञको अबलोकन गर्नको लागि भक्तजनहरुको बाक्लो उपस्थिती रहने गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस