धर्म-संस्कृति / रितिथिति

महायज्ञमा भक्तजनहरुको घुइँचो

bhaktajan

अनुज पछाई,भक्तपुर ।
आश्विन २२ सोमबार ।

भक्तपुरमा सञ्चालन भैरहेको महायज्ञमा भक्तजनहरुको घुइँचो लाग्ने गरेको छ । जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलिमा गत आश्विन ११ गतेदेखि सञ्चालन भएको महायज्ञका प्रत्यक दिन ३ हजार देखि ५ हजार भक्तजनहरुको उपस्थित हुने गरेको आयोजकले जनाएको छ ।

त्यस्तै पछिल्लो ३ दिनदेखि महायज्ञमा ४ हजार देखि ५ हजारको हाराहारिमा भक्तजनहरुको सहभागिता रहने गरेको महायज्ञका संकल्पकर्ता वालयोगेश्वर श्री विजयमूर्ति महाराज श्रीले जानकारी दिएका छन ।

ताथलीमा रहेको छोरीको घर जेष्ठ नागरिक आश्रमलाई जग्गा खरिद गरि भवन निर्माणको लागि सञ्चालन भएको भक्तपुर,चाँगुनारायण,ताथली धार्मिक तथा सास्कृतिक महामहोत्सव एंव ऐतिहासिक श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञमा सनिवार,आइतबार र सोमबार तीन दिन नै ५ हजार बढी भक्तजनहरुको सहभागीता रहेको थियो ।

महायज्ञमा चाँगुनारायण नगरपालिका,सुर्यविनायाक नगरपाकिला तथा जिल्लाका अन्य स्थान तथा काठमाण्डौ र ललितपुर निवासी भक्तजनहरुको बढी सहभागिता हुने गरेको छ । छिमेकि जिल्ला काभ्रे लगायतबाट पनि सहभागि हुने गरेको छ ।

आगामि २७ गतेसम्म सञ्चालन हुने महायज्ञमा देशमा बिभिन्न राजनेता तथा मन्त्रि र प्रशिद्ध कलाकारहरुको पनि सहभागिता पनि हुने गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस