धर्म-संस्कृति / रितिथिति

जनताको सेवा गर्न मलाई भगवानले नै सांसद बनाउनुभएको होः सांसद आले मगर

aalemagar

अनुज पछाई , भक्तपुर ।
आश्विन २४ बुधबार ।

जा जनताको सेवा गर ! भनेर मलाई भगवानले पठाएको बाग्मति प्रदेश सभा सदस्य रमा आले मगरले बताएकी छन । “पहिलो र दोस्रो कार्यकालको लागि जनताको सेवा गर्न भनेर मलाई भगवानले पठाउनुभएको हो । ”सांसद आले मगरले भनिन “सेवा गर्ने कार्य जोकोहिले पाउदैन । मैले जनताको सेवा गर्ने मौका पाएको छु । बालयोगेश्वर विजयमूर्ति महाराज श्रीले महायज्ञमार्फत आम भक्तजनहरुको सेवा गर्ने मौका पाउनुभएको छ । यो सबै भगवानको लिला हो आह्वान हो ।”

बुधबार छोरीको घर जेष्ठ नागरिक आश्रमा भवन निर्माणको सहयोगार्थ आयोजित भक्तपुरको ताथलीमा सञ्चालित महायज्ञमा सहभागि भएकी सांसद आले मगरले उत्तल कुरा बताएकी हुन ।

त्यस्तै हरेक काम भगवानले जिम्मेवारी दिने भन्दै सांसद आले मगरले महायज्ञ आयोजना गर्ने जेष्ठ नागरिकको सेवा गर्ने जिम्मेवारी पनि विजयमूर्ति महाराजलाई भगवानले नै जिम्मेवारी दिएको बताएकी छन ।

त्यस्तै अहिले युवाहरु विदेश पलायन हुने प्रकृया बढदै गएकाले जेष्ठ नागरिक चाहेर नचाहेर आश्रममा आश्रय लिन बाध्य रहेको अबस्थामा जेष्ठ नागरिक आश्रम निर्माण गर्नु आफैमा पुण्यको कार्य रहेको पनि सांसद आलेमगरले उल्लेख गरेकी छन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस