अनुज पछाई,भक्तपुर ।
आश्विन २५ बिहिबार ।
छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माणको कार्यमा प्रदेश सरकारको साथ पूर्ण रुपमा रहने बाग्मति प्रदेशका श्रम,रोजगार तथा यातायात मन्त्रि लक्ष्मण लम्सालले बताएका छन ।
बिहिबार भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ९ को ताथलीकामा सञ्चालन भैरहेको श्रीमद्भागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञमा प्रमुख अतिथीको रुपमा सहभागि भएका मन्त्रि लम्सालले संबोधनको क्रममा उक्त कुरा बताएका हुन ।
“आश्रम निर्माण गर्ने कार्यमा सरकारको साथ पूर्ण रुपमा पाउनुहुन्छ । ढुक्क हुनुहोस ।” मन्त्रि लम्सालले भने –“सरकारले ठूलो लगानी गरेर निर्माण गर्नुपर्ने कार्यलाई ब्यक्तिको पहलमा सुरु भएको छ । यो हाम्रो जिम्मेबारी हो । हामि जिम्मेबारीबाट पछाडि हटन मिल्दैन । सक्दो सहयोगको लागि बाग्मति प्रदेश सरकार तपाइको साथमा रहेको छ ।”
त्यस्तै मन्त्रि लम्सालले जीवनकालमा सबै बृद्ध हुनुपर्ने भन्दै बृद्धहरुलाई सम्मान गरेर उनिहरुको सकारात्मक ज्ञान आर्जन गर्न सकेमात्र समाज अनुशासनको पथमा अगाडी बडन सक्ने पनि बताएका छन ।
त्यस्तै विजयमूर्ति महाराज श्रीले सम्पूर्ण जेष्ठ नागरिकको आर्शिबाद र समाजमा सबैलाई समाजसेवामा लाग्न पनि अभिप्रेरित गरेको पनि मन्त्रि लम्सालले बताएका छन ।