बागमती प्रदेश

छोरीको घरका लागि चन्द्रागिरीको साथ

MG 1508

अनुज पछाई, भक्तपुर ।
आश्विन २६ शुक्रबार ।

भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ९ को ताथलीमा रहेको छोरीको घरले अहिले चौतर्फि सहयोग बटुल्न सफल भएको छ । छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माण गर्नको लागि गएको आश्विन ११ गतेदेखि सञ्चालन भएको श्रीमदभागवत पितृ मुक्ति ज्ञान महायज्ञमा सहभागी भएर देशका राजनेता देखि स्थानिय सरकारले पनि सहयोग गर्दै आएका छन ।

MG 1580

चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले सम्बोधन गर्दै गर्दा ।

सहयोगी हातहरु बढदै जादा चाँगुनारायण नगरपालिका लगायत छिमेकि नगरपालिकाले पनि सहयोगि हात बडाउदै गएका छन । यसै क्रममाः काठमाण्डौ जिल्लाको चन्द्रागिरी नगरपालिकाले पनि छोरीको घरका लागि जग्गा खरिद गरि भवन निर्माण गर्ने कार्यमा आफ्नो सक्दो सहयोग रहने बताएको छ ।
बिहिबारको रात्रिकालिन कार्यक्रममा सहभागि भएका चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी र उपप्रमुख बसन्ती श्रेष्ठले आफ्नो ब्यक्तिगत तथा नगरपालिकाको तर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।

MG 1570

चन्द्रागिरी नगरपालिकाका नगर उप प्रमुख बसन्ति श्रेष्ठले सम्बोधन गर्दै गर्दा ।

त्यस्तै नगरपालिकाको तर्फबाट हाललाई २ लाख सहयोग गर्ने घोषणा पनि प्रमुख र उपप्रमुखले गरेका हुन ।
त्यस्तै यस अघि छिमेकि सूर्यविनायक नगरपालिकाले भवन निर्माणको क्रममा ५० लाख सम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस