अनुज पछाई,भक्तपुर ।
आश्विन २७ शनिवार ।
१७ दिनसम्म सञ्चालन भएको बिराट ज्ञान पितृ मुक्ति ज्ञान महायज्ञ सनिवार सम्पन्न भएको छ । भक्तपुर जिल्लाको चाँगुनारायण नागरपालिका वडा नं. ९ को ताथलीमा गत आश्विन ११ गतेदेखि सुरु भएको महायज्ञ एक कार्यक्रमको विचमा सम्पन्न भएको हो ।
ताथलीमा रहेको छोरीको घर जेष्ठ नागरिक आश्रमको लागि जग्गा खरिद गरि भवन निर्माण गर्ने उद्देश्यको साथमा सञ्चालन भएको उक्त महायज्ञमा जिल्ला तथा जिल्लाबाहिरबाट भक्तजनहरु बाक्लोे उपस्थिती हुने गरेको थियो ।
१७ दिनको अवधिमा करिब ५० हजार बढी भक्तजनहरुले महायज्ञको अवलोकन गरेको पनि आयोजकले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस