अनुज पछाई, भक्तपुर ।
आश्विन ३०, मंगलबार ।
ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. १४ मा भाद्र २० गते देखि ३० गतेसम्म विराट महायज्ञ सञ्चालन भयो । जस्को मुख्य उद्देश्य रहेको थियो –देशभरका अभिभावक विहिन बालबालिकाको लागि आश्रम निर्माण गर्ने । उक्त महायज्ञ समापन भएको २ हप्ता नपुग्दै,उस्तै विराट ज्ञान महायज्ञ भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ९ को ताथलीमा सञ्चालन भयो । जस्को मुख्य उद्देश्य रहेको थियो –देशभर रहेका गरिव,दुखि तथा आधारभुत आवस्यक्ताबाट बन्चित जेष्ठ नागरिकको लागी जग्गा खरिद गरि भवन निर्माण गर्नु ।
एउटै ब्यक्ति, दुखको सारथी,पिडादायी घाँउको मलम,अशिक्षितको कलम,थकाइको छहारी,पानी पर्दाको ओत अनि घाम चर्किदाको चौतारी रुपमा उदायर कतै मामा बनेर त कतै आफै छोरा बनेर सबैको आशु पुछ्न खोज्ने उनै बालयोगेश्वर विजयमूर्ति महाराज श्रीले गरेको हुन उनै महायज्ञका कार्यक्रम ।
उनै एक ब्यक्ति वालयोगेश्र विजयमूर्ति महाराज श्री जव ललितपुरको गोदावरी पुग्छन तब पूर्व मेचि देखि पश्चिम महाकालि सम्मका फरक जात,फरक संस्कृति,अनि फरक रहनसहन बोकेका भर्खर दात पलाउदै गरेका दुदे बालक देखि किशाोर किशोरीसम्मका मामा बन्छन ।
उनै एक ब्यक्ति वालयोगेश्र विजयमूर्ति महाराज श्री जव भक्तपुरको ताथलीमा पुग्छन तब पूर्व मेचि देखि पश्चिम महाकालि सम्मका फरक जात,फरक संस्कृति,अनि फरक रहनसहन बोकेका कपाल सेता हिमाल जस्तै भएका अनि दात झरेर गाला मरिच जस्तै भएका सम्पूर्ण जेष्ठ नागरिक आमा बुवाआमाको छोरा बनेर झुल्किन्छन ।
उनै दातँ झरेका आमा बुवा तथा दात पलाउदै गरेका आम बालबालिकाको मुहारमा मुस्कान देख्ने एकमात्र सपना छ । उनै मामा अनि नेपाल आमाको छोरा वालयोगेश्वर विजयमूर्ति महाराज श्रीको ।
आफुलाई विश्वबिख्यात कथा बाचकको रुपमा परिचय स्थापित गर्न सफल भएका उनै विजयमूर्ति महाराजको सामाजिक कार्यको मुक्तकण्ठले चौतर्फि चर्चा हुने गरेको छ । नहोस पनि कसरी जस्ले एउटा सिङ्गो सरकारले गर्नुपर्ने कार्यलाई आफ्नो कार्य ठानेर अगाडी बडेका छन ।
एक महिनाको अन्तरालमा २ ओटा विराट ज्ञान महायज्ञ भव्य र सभ्य रुपमा सम्पन्न त भए । तर महायज्ञसंगै उनको टाउकोमा २ ओटा ठूला जिम्मेवारी पनि थपिएका छन । जुन हुन ललितपुरमा मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टर निर्माण गर्नु र भक्तपुरमा छोरीको घर जेष्ठ नागरिको भवन निर्माण गर्नु ।
उनै विर पुरुष विजयमूर्ति महाराजले भन्ने गरेका छन – “स्थानिय जनसमूदाय, देशका तीनओटै सरकार,विभिन्न संघ सस्थाका प्रतिनिधि,कलाकार,पत्रकार,कर्मचारी लगायतको सहयोगमा महायज्ञ भव्य र सभ्य रुपमा सम्पन्न त भयो । मलाइ त लाग्छ ठूलो महायज्ञ त अब सुरु हुदै छ किनकी महायज्ञको उद्देश्य नै आश्रम निर्माण गर्नु हो ।”
१ हजार ८ जना बालबालिकालाई मामाघरमा राख्ने बृहत उद्देश्य बोकेका महाराजले उतिनै संख्यामा जेष्ठ नागरिक आमाबाबुलाई राख्ने सोचमा रहेका छन ।
हामि धेरैले देख्दै आएका छौ, यस्ता महायज्ञ निश्चित उद्देश्य राखेर आयोजना हुने गर्दछन । राखिएका उद्देश्य कतिपय पुरा हुने गरेका छन त कतिपय त्यतिकै विलय हुने गरेका पनि छन । तर महायज्ञ सञ्चालन हुदा हुदै उद्देश्य पुरा गर्नको लागि कार्य प्रारम्भ गर्ने गरेको विरलै पाउछौ । तर महाराजले गोदावरीमा महायज्ञ सञ्चालन हुदै गर्दा नै अनाथ आश्रमको निर्माणको लागि जग्गा र अन्य कार्य प्रारम्भ गरिसकेका थिए । यता छोरीको घरको लागि त आफै ५० लाख नगद नै दान गरेका छन । जग्गाको प्रकृया अगाडी बढाइसकेका छन । स्थानिय सरकारको मातहतमा रहने गरि प्रकृया अगाडी बडाएका छन ।
मामाघर सपोर्ट एण्ड केयर सेन्टर सञ्चालन भएको ३ महिना नपुग्दै करिब ४० बढी बालबालिकाले निःशुल्क शिक्षा,स्वास्थ्य,गास र बास प्राप्त गरिरहेका छन भने छोरीको घरमा पनि करिब १ दर्जन बढी दुखिपिडित जेष्ठ नागरिक आमाबुवाले निःशुल्क हरेक सेवा लिइरहेका छन ।
जस्तो नाम उस्तै काम छ ,विजयमूर्ति महाराज श्रीको । उनको सपना हमान छ, उद्देश्य महान छ,यात्रा महान छ । अब उनको यो महान यात्रामा विजय प्राप्तिको लागि हामी सबै होस्टेमा हैसे गर्न जरुरी देखिएको छ ।