देश

आकाशियो प्याजको भाउः १२० रुपैयामा कारोवार हुदै

एनएमवि न्युज,डेक्स ।
कार्तिक–१३,सोमबार ।

प्याजको भाउ आकाशिएको छ । कार्तिक महिनाको शुरुवाती दिनमा किलोको ५० देखि ६० रुपैयाँ थोक मूल्य रहेको प्याजको भाउ आज ११५ देखि १२० रुपैयाँ थोक मूल्यमा पुगेको छ ।

भारतमा मूल्य बढेपछि त्यसको असर नेपाली बजारमा पनि परेको हो । पछिल्लो दुई हप्तामा भारतमा प्याजको मूल्य ५० प्रतिशतभन्दा धेरैले बढेको छ । भारतले आन्तरिक बजारमा बढ्दो प्याजको मूल्यलाई नियन्त्रणमा राख्नका लागि प्याजमा ४० प्रतिशत निर्यात कर समेत लगाएको छ । यो नियम आउँदो डिसेम्बर ३१ तारिखसम्म लागू हुनेछ ।

नेपालले प्याजका लागि भारतसँग निर्भर हुनुपर्ने अवस्था छ । यसले गर्दा भारतमा भाउ बढ्नासाथ नेपाली बजारमा पनि महँगो हुन्छ । भाउ बढेपछि भारतबाट अहिले नेपाली बजारमा खासै प्याज भित्रिएको छैन । प्याजको आयात कम भएसँगै कृत्रिम अभाव समेत हुन थालेको छ ।

काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्याजको भाउ लगातार बढिरहेको जनाएको छ । समितिले काठमाण्डौमा आज प्याजको थोक मूल्य किलोमा ११५ देखि १२० रुपैयाँ निर्धारण गरेको छ । खुद्रा पसलमा योभन्दा महँगो पर्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस