खेलकुद

नेपालसंग सिंगापुर ८ विकेटले पराजित

cricket EdThHCAuM5 1

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
कार्तिक १३, सोमबार ।

सिंगापुरलाई ८ विकेटले हराउँदै घरेलु टोली नेपालले आईसीसी टी(२० विश्वकप छनोटमा शानदार सुरुवात गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर ब्याटिङ थालेको सिंगापुरलाई १४५ रनमा सीमित गरेको नेपालले १६।३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले ७४ रन बनाए । कप्तान रोहित पौडेल ३५ रनमा अविजित रहे । आसिफ शेख २७ रन बनाएर आउट भए ।नेपालले ८४ रन जोड्दा पहिलो विकेट गुमाएको थियो । कुशलले ४८ बलमा २ छक्का र ८ चौका प्रहार गरेर ७४ रन बनाएर क्याच आउट भए । त्यसअघि पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन जोडेको थियो ।

नेपालका अविनाश बोहराले ३ तथा सन्दीप लामिछाने, करन केसी र गुल्सन झाले २(२ विकेट लिएका थिए ।नेपालले समूहको दोस्रो खेलमा मंगलबार मलेसियासँग खेल्नेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस