जीवनशैली

अस्पतालको शौचालयबाट कैदी फरार

0p eMITy8RLdn

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
कार्तिक १३,सोमबार ।

दाङमा चोरी अभियोगमा पक्राउ परेका एकजना कैदी फरार भएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल चेकजाँचका लागि प्रहरीले ल्याएको बेला कैदी फरार भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि जनक मल्लले कैदी फरार रहेको पुष्टि गरे ।

उनले फरार कैदीको खोजी कार्य तीव्र पारिएको जानकारी दिए । प्रतिष्ठानमा उपचार गर्न आएका कैदी सौच गर्न शौचालय जाने भएपछि प्रहरीले हत्कडि खोलेपछि उनी फरार भएका छन् । प्रहरीले चोरी अभियोगमा प्रहरी हिरासतमा रहेका कैदीको बारेमा बिबरण सार्बजनिक गरेको छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस