देश

आगलागीमा परि एक घरसहित दुई मोटरसाइकल जलेर नष्ट

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
कार्तिक–१३,सोमबार ।

‌ओखलढुंगामा आगलागी हुँदा एक घरसहित दुईवटा मोटर साइकल जलेका छन् । सोमबार बिहान सिद्विचरण नगरपालिका (१० बेतेनीमा भएको आगलागीमा ११ लाख बढी रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ ।

बेतनीका केदारनाथ धमलाको फुसको छानो भएको ३ तले घरमा आगलागी हुँदा घर,काठपात, घरभित्र राखेको बा। ८२ प ७७२ न।को पल्सर र बा। ८५ प २४०८ नम्बरको होण्डा मोटरसाइकल जलेर पूर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालिस्टार सिंहले जानकारी दिए ।

आगलागीको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस