बारामा बोर्डिङ स्कुलका पिन्सिपलमाथि गोली प्रहार

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
कार्तिक–१३ सोमबार

बाराको बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्राधानाध्यपक रुपेश सरार्फ (गुड्डु) माथि गोली प्रहार भएको छ । २ वटा मोटरसाईकलमा आएका ४ जनाको समूहले कलैया–६ मदर्शा टोलमा सर्राफमाथि गोली प्रहार भएको हो ।

घाँटी तथा छातीमा गोली लागेका सर्राफको अवस्था नाजुक रहेको छ । गोली प्रहारलगत्तै कलैया अस्पताल पुर्याइएका उनलाई त्यहाँ उपचार सम्भव नभएपछि वीरगंजस्थित बयोधा अस्पताल लगिएको छ । उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लैजाने तयारी भैरहेको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Anuj