जीवनशैली

तुलसिपुर र लमहिमा प्लाष्टिकको फूलका माला बिक्री गर्नेलाई कारबाही हुने

fulkheti 1698650926

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
कार्तिक–१३,सोमबार ।

दाङका दुई पालिकाले तिहारमा प्लाष्टिकका फूलका माला प्रयोग नगर्न आग्रह गरेका छन्।

जिल्लाका तुलसीपुर उपमहानगरपालिका र लमही नगरले सर्वसाधारणमा प्राकृतिक फूलका मालाहरु प्रयोग गर्न तथा प्लाष्टिकजन्य नक्कली फूलका मालाहरु प्रयोग नगर्न आग्रह गरेको हो।

दाङका दस पालिकामध्ये तुलसीपुरले सबैभन्दा पहिले असोज २३ गते यस्तो निर्णय गरेको थियो। उसले प्लाष्टिकजन्य नक्कली फूलका मालाहरु बिक्री वितरण तथा भण्डारण गर्न नपाइने र त्यसो गरेको पाइएमा कारबाही गर्ने समेत चेतावनी दिइसकेको छ। त्यसकारण तुलसीपुर क्षेत्रमा यसपालि प्लाष्टिकजन्य मालाहरू देखिएका छैनन्।

लमही नगरपालिकाले पनि आइतबार सूचना जारी गर्दै प्लाष्टिकजन्य मालाहरु प्रयोग नगर्न र प्राकृतिक रूपमा फूलेका फूलका मालाहरु मात्रै भाईटिकामा प्रयोग गर्न आग्रह गरेको छ। यो निर्णयसँगै व्यवसायिक फूलखेती गर्दै आएका किसानहरू हौसिएका छन्।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस