मुख्य समाचार

एनआरएनको विवादः दुवै समूहले दिए एक–अर्काविरूद्ध प्रहरीमा जाहेरी

badri and rk

एनएमबि न्युज डेक्स, काठमाण्डौ ।
कार्तिक–१५, बुधबार ।

एनआरएनएभित्र दुई पक्षबीको विवाद प्रहरीमा पुगेको छ । हिजो एनआरएनए कार्यालयभित्र भएको घटनालाई लिएर दुवै पक्षले एकअर्कालाई आरोपित गर्दै प्रहरीमा जाहेरी दिएका छन् ।

संस्थापन पक्षले एनआरएनएको कार्यालयभित्र अनाधिकृत हस्तक्षेप गरिएको भन्दै घटनामा संलग्नलाई पक्राउ गरि कारवाही गर्न माग गरेको छ । नवनिर्वाचित संघका पदाधिकारीहरूलाई पूर्वमन्त्री महेश बस्नेत उपस्थित भई बधाई दिइरहेको बेलामा पराजित समूहका केही व्यक्तिहरू प्रवेश गरि होहल्ला र अवरोध पुर्याएको उल्लेख छ ।

आरके शर्मा , बुद्धिसागर सुबेदी, गंगाधर गौतम, यादव ढुंगना, ओम शर्मालगायत व्यक्तिहरू संघमा अनुमतिबिना कार्यालय प्रवेश गरी पूर्वमन्त्री बस्नेत र निर्वाचित अध्यक्ष डा। बद्री केसीउपर अनर्गल गाली गलौच गर्ने , अनुमतिबिना फोटो खिच्ने , ब्यक्तिगत चरित्र हत्या गर्ने र कार्यालयका कर्मचारीलाई डर९धम्की देखाएर कार्यालय आउन नस्कने अवस्था बनाएको उजुरीमा उल्लेख छ ।

संघका निर्वाचित अध्यक्ष तथा पदाधिकारीलगायत कार्यालयका कर्मचारीहरूको जिउधन र संघको भौतिक सम्पत्तिको रक्षा गर्न आवश्यक सुरक्षा प्रबन्ध मिलाई निजहरूलाई पक्राऊ गरी कानूनी कार्बाही गर्न अध्यक्ष डा। केसीले माग गरेका छन् ।

यता, पराजित समूहका अध्यक्ष आरके शर्माले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिँदै घटनाको छानविन र दोषिमाथि कारवाही माग गरेका छन् । उजुरीमा एमाले नेता महेश बस्नेत र एनआरएनएका अध्यक्ष डा।बद्री केसी घटनाको मुख्य जिम्मेवार भएको आरोप लगाइएको छ ।
एनआरएनएको कार्यालयमा पार्टीको कार्यक्रम गरेको विषयमा सोधपुछ गर्न जाँदा एनआरएनए बेल्जियमका पार्षद ओेम शर्मामाथि कुटपिट गरिएको आरोप लगाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस