देश

श्रीमतीको हत्या गर्ने युवक पक्राउ

binayakumar chamar

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
कार्तिक १५,बुधबार ।

कपिलवस्तुमा श्रीमती हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । कपिलवस्तुको मायादेवी गाउँपालिका८ बरकुलका २६ वर्षका विनयकुमार चमार श्रीमती सन्ध्या चमारको हत्या आरोपमा पक्राउ परेका हुन् । ८ कात्तिकमा सन्ध्याको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाका अनुसार पक्राउ परेका विनयकुमारले मालाले घाँटी कसेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ । उनीमाथि कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस