एनएमबि न्युज डेक्स , काठमाण्डौ ।
कार्तिक १६ बिहिबार ।
सुदूरपश्चिम प्रदेशमा केही वर्ष भित्रै ५० हजार दर्शक अट्ने अत्याधुनिक क्रिकेट रङ्गशाला निर्माण हुने भएको छ । कैलालीको धनगढीमा फाप्ला क्रिकेट रङ्गशाला निर्माणको प्रक्रिया अगाडि बढेसँगै नेपालमा केही वर्ष भित्रै अत्याधुनिक क्रिकेट रङ्गशाला तयार हुने देखिएको हो ।
सरकारले अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला तथा खेल ग्रामको पूर्वाधार निर्माणका लागि जग्गाको भोगाधिकार दिएसँगै क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया अगाडि बढ्ने भएको हो ।
अहिले फाप्ला क्रिकेट मैदान तथा खेल ग्राम पूर्वाधार निर्माण विकास समितिले पनि काम अगाडी बढाइरहेको छ । समितिले रङ्गशाला निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० निर्माणको प्रक्रिया अगाडी बढेको जनाएको छ ।
फाप्लाका परिकल्पनाकार समेत रहेका विकास समितिका अध्यक्ष सुवाश शाहीले डीपीआर निर्माणको तयारीमा जुटेको भन्दै केही समयमै टेन्डर आह्वान गरिने जानकारी दिए ।