देश

१५ हजार धरौटीम छुटे जुवा खालबाट पक्राउ परेका कलाकार

juwatas

एनएमबि न्युज डेक्स, काठमाण्डौ ।
कार्तिक १६ बिहिबार ।

जुवा खेलेको आरोपमा पक्राउ परेका कलाकार तथा गायकसहित ९ जना धरौटीमा छुटेका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले ९ जनालाई जनही १५ हजार धरौटीमा छाडे‍को जिल्ला प्रहरी परिसर काठमाडौं‌का एसपी कुमोध ढुंगेलले जानकारी दिए।

गत शनिबार प्रहरी वृत्त सिंहदरबारले काठमाडौं महानगरपालिका(२९ मैतिदेवीमा रहेको नृत्य सिकाउने ठाउँ ुडान्स फिभरु बाट ९ जनालाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा एक जना भोजपुर घर भएका डान्स फिभरका सञ्चालक ४५ वर्षीय गजित भन्ने गणेश विष्ट थिए। उनले ुमायाज बारु नामक फिल्ममा काम गरिसकेका छन्।

उनका भाइ नरेन्द्र विष्ट (गम्भीर) पनि पक्राउ परेका थिए। पेसाले कोरियोग्राफर उनले ुउध्रेको चोलीु गीतको कोरियोग्राफी गरेका थिए। त्यस्तै अन्य थुप्रै म्युजिक भिडिओहरूमा समेत उनले कोरियोग्राफी गरेका छन्।

गायक चक्र बम, इकुु पात्रका रूपमा चर्चित कलाकार सुलेमान शंकर, रोशन सिंह, शंकरप्रसाद आचार्य, टाइम मगर, सुरेन्द्र साउद र घनश्याम अधिकारी पक्राउ परेका थिए। उनीहरूबाट प्रहरीले एक लाख ९० हजार ९२० रूपैयाँ बरामद गरेको थियो।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस