एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
कार्तिक १७ शुक्रबार ।
रामेछाप को विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको छ।
आज बिहान ८ बजे तारा एयरको टुइनअटर विमान लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गराएका वरिष्ठ क्याप्टेन सन्तोष शाह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच रामेछाप विमानस्थलको एप्रोनमा कुटाकुट भएको रामेछाप विमानस्थल प्रमुख अशोक थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार उनीहरुबीच व्यक्तिगत रिसइबीका झगडा भएको थियो। विमानस्थलमै दुई झगडा भएपछि पनि एक जनाले भने विमान लिएर लुक्ला पुगेको र अर्का एक जना रामेछापमै रहेको रामेछापका प्रमु
ख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिनुभएको छ ।
उनले यात्रुको सुरक्षाका लागि उनीहरुलाई विमान उडाउन नदिन आफूले विमानस्थल प्रमुखलाई निर्देशन दिएको बताउनुभयो।
यस घटनाका बिषय मा नागरिक उड्ययन प्राधिकरणले पनि चासोका साथ छानबिन गर्ने जनाएको छ।