समाचार

पाटनका चिकित्सकमाथि भयो कुटपिट, चिकित्सकहरु आन्दोलनमा

patan

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
कार्तिक २०, सोमबार ।

सुई लगाएको केहीबेरमा नै बिरामीको मृत्यु भएपछि पाटन अस्पतालका चिकित्सकमाथि कुटपिट भएको छ । शनिबार अस्पतालमा सुई मार्फत एन्टिवायोटिक औषधि दिंदा ओखलढुंगाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटीको मृत्यु भएको थियो । सोही घटनालाई लिएर मृतकका आफन्तले चिकित्सकमाथि हातपात गरेका थिए ।
अस्पतालको ज्येष्ठ नागरिक वार्डमा कार्यरत चिकित्सकमाथि कुटपिट, गालीगलौज र ज्यान मार्ने धम्की दिइएको भन्दै नेपाल चिकित्सक संघले विरोध जनाएको छ ।

उक्त घटनापछि पाटनका आवासीय चिकित्सकहरु आन्दोलनमा छन् । उनीहरुले हातपात र दुर्व्यवहार गर्नेलाई तुरुन्तै प्रकाउ गर्नुपर्ने र जेल हाल्नुपर्ने माग राखेका छन् ।

 

आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरको रोहबरमा अस्पताल प्रशासन र बिरामीका आफन्तबीच छलफल भएको थियो । छलफलपछि औषधि परीक्षण र मृत्युको कारण पत्ता लगाउनका लागि पोस्टमार्टम गर्ने सहमति भएको छ ।

नेपाल चिकित्सक संघ ९एनएमए० ले पाटन अस्पतालमा शनिबार चिकित्सकमाथि भएको हातपात र कुटपिटको घटनामा संलग्नमाथि कानुनी कारबाहीको माग गरेको छ ।

सोमबार संघका महासचिव डा। सञ्जीव तिवारीले एक विज्ञप्ति जारी गर्दै उक्त घटनामा संलग्नलाई कानुनी कारबाही गर्न माग गरेका हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस