देश

श्रीमतीको हत्यापछि ‘हराइन्’ भन्दै प्रहरीमा निवेदन दिने ब्यक्ति पक्राउ

lalu bk

एनएमबि न्युज,काठमाण्डौ ।
कार्तिक–२०,सोमबार ।

श्रीमती हराएको भन्दै प्रहरीमा निवेदन दिएका एक युवक आफैँ हत्या अभियोगमा प्रहरीको फन्दामा परेका छन् ।

शंखरापुर नगरपालिका(१ का ३३ वर्षीय लालु विश्वकर्माले श्रीमती २८ वर्षीया गोपी कसैलाई नभनी हराएको भन्दै गत जेठ २३ गते प्रहरीमा निवेदन दिएका छन् । पछि असार १० गते प्रहरी प्रभाग साँखुसमक्ष हुलियासहित खोजतलासका लागि निवेदन दिएका थिए । पछि गोपीका भाइले गोपालले पनि असार १७ मा निवेदन दिएका थिए ।

हराएकी भनिएकी गोपीको खोजी गर्दै जाँदा साउन २९ बाट लालु सम्पर्कविहीन भएपछि उनको कल डिटेल हेर्दा भारत पुगेर पुनस् नेपाल छिरेको देखिएपछि प्रहरीको अनुसन्धान उनीतिर तेर्सिएको थियो । कात्तिक ५ गते लालुलाई गोकर्णेश्वर नगरपालिका(८ माकलबारीमा लुकेर बसेको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

सोधपुछको क्रममा लालुले जेठ १९ गते बिहान घरायसी विवाद हुँदा श्रीमतीको हत्या गरेको र भोलिपल्ट बिहानको राति दुई वटा बोरामा शव प्याक गरेर मोटरसाइकलमा जंगलमा लगेर गाडेको बयान दिएका थिए ।
शंखरापुरनजिकैको देउराली सामुदायिक वनमा गाडेको शव ५ फिट गहिरो खाडलमा सडेको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस