समाचार

सुन चाँदी को भाउ मा आयो गिरावट

old

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
कार्तिक २१ मंगलबार ।

नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले घटेको छ। नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार आज ४ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोलाको १ लाख १५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ४५० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन प्रतितोला १ लाख १५ हजार ४०० र तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी सुनको मूल्य घटेसँगै चाँदी को पनि घटेको छ। ९ रुपैयाँले घटेर चाँदी प्रतितोला १४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सोमबार प्रतितोला चाँदी १४१५ रुपैयाँ पुगेको थियो।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस