खेलकुद समाचार

तिहारपछि पुनःसुरु गरिने चितवनको गौतमबुद्ध क्रिकेट रंगशालाको काम

gautam buddha cricket stadium bgm bharatpur agreement

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
कार्तिक २१ मंगलबार ।

चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तिहारलगत्तै अघि बढ्ने भएको छ । बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको साझेदारीमा निर्माण अघि बढाउने समझदारी भएको हो ।भरतपुर महानगरपालिकाका सञ्चारविज्ञ सुरेशचन्द्र अधिकारीका अनुसार आज बागमती प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयमा उक्त समझदारी भएको हो ।

समझदारीअनुसार पहिलो चरणमा ७५ करोड लागतको काम अघि बढ्नेछ । उक्त लागतको ७० प्रतिशत बागमती प्रदेश सरकार र ३० प्रतिशत भरतपुर महानगरपालिकाले व्यहोर्ने जनाइएको छ । अधिकारीका अनुसार उक्त रकममा धुर्मुस सुन्तली फाउन्डेसनले काम गर्दा लागेको १८ करोड ऋण भने समेटिएको छैन । उक्त ऋण संघीय सरकारमार्फत नै तिर्ने मौखिक सहमतिपछि रंगशालाको बाँकी निर्माण अघि बढाइने भएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल, प्रदेशका अर्थ र खेलकुदमन्त्री तथा भरतपुर महानगरका मेयर रेनु दाहालसहित महानगरपालिकाका टीमको उपस्थितिमा समझदारी भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस