एनएमबि न्युज डेक्स, काठमाण्डौ
कार्तिक २२ बुधबार
काठमाडौंका मेयर बालेन शाहा आफनो फेसबुकमा लेखेका छन

हामी काठमाडौँ महानगरपालिकाले कार्तिक २३ गतेदेखि सडकमा भेटिएका गाईबाच्छा संकलन गरेर दक्षिणकाली नगरपालिका वडा नं। ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने भएको छौ ।
सडकमा छाडिएका चौपायाले खान पाएका छैनन् , तिर्खा लागेका बेला पानी पाउँदैनन् , विरामी पर्दा उपचार पाउँदैनन् । सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ , उनीहरुलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौँ । ‘काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइसकेका छौँ । हेरचाह गर्नका लागि २ जना स्थानीयलाई दैनिक ज्यालादारीमा लिएका छौँ । दक्षिणकाली नगरपालिकाको वडा नं। ७ सँगको सहकार्यमा पानी, विजुलीलगायत सुविधा प्रबन्ध गर्दैछौँ ।

प्रतिक्रिया दिनुहोस