एनएमबि न्युज डेक्स, काठमाडौँ
कार्तिक २२ बुधबार
इलाका प्रहरी कार्यालय गरुडाले स्वास्थ्यकर्मी इन्द्रदेव यादवलाई पक्राउ गरेको छ । २० कात्तिकमा पाठेघरको समस्या लिएर अस्पतालमा उपचार गर्न आएकी गरुडा नगरपालिका–८ कि ३० वर्षकी नुरजहान खातुनको अपरेशन गरिएको थियो । तर अपरेशनपछि रक्तश्राब नरोकिएपछि उनको कात्तिकको २१ गते अपरान्ह ५ बजे उक्त अस्पताले वीरगञ्ज पठाएको थियो । वीरगञ्जको मेट्रोसिटी अस्पतालमा चेकजाँच गराउँदा बिरामीको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । महिलाको उपचारमा संलग्न पाइएका यादवलाई पक्राउ गरेर अनुसन्धान गरेको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस