समाचार

काठमाण्डौका थोक बजारमा दोब्बर ले सस्तियो तरकारीको भाउ

123

एनएमबि न्युज डेक्स ,काठमाडौँ
मङ्सिर ४ सोमबार ।

काठमाण्डौ मा हरियो तरकारीको आपूर्ति बढेसँगै थोक बजारमा भाउ सस्तीएको छ । पछिल्लो डेढ हप्तामा रातो आलु, काउली, मुला, बन्दा, सागलगायतका मौसमी तरकारीको भाउ दोब्बरले सस्तिएको हो ।

खुद्रा पसलहरुमा भने तरकारीको भाउमा धेरै फरक नपरेको उपभोक्ताहरुको गुनासो रहेको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार कात्तिकको तेस्रो हप्तासम्म प्रतिकिलो ९० रुपैयाँ थोकमा कारोबार भएको काउली अहिले घटेर २० रुपैयाँमा झरेको छ ।

tarkari

रातो आलु प्रतिकिलो ९० रुपैयाँबाट घटेर ६० रुपैयाँमा झरेको छ । त्यस्तै, मुला, बन्दा, सागलगायतका तरकारीको भाउ सस्तिएको छ । कालीमाटीका थोक व्यापारी गीताप्रसाद आचार्यले पछिल्लो २०र२२ दिनको बीचमा मौसमी तरकारीको भाउ धेरै सस्तो भएको बताउनुभयो ।

कालीमाटी तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले तरकारीको आगमन पुरानो लयमा फर्किएसँगै भाउ सस्तिएको बताउनुभयो । समितिका अनुसार अहिले स्थानीय उत्पादन हुने भएकाले तरकारीको माग पनि कम हुने गरेको छ ।

बजारमा स्वदेशी उत्पादित तरकारी धेरै भएकाले भारतबाट हरिया तरकारी कम परिमाणमा आएको छ । अहिले आलु, प्याज गोलभेँडा कागतीलगायतका तरकारी भारतबाट आइरहेको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस