मुख्य समाचार

दुर्गा प्रसाईं र युवा संघलाई माइतीघरमा प्रदर्शन गर्न काठमाडौं प्रशासनले लगायो रोक

durga mahes 1

एनएमबि न्युज डेक्स, काठमाडौँ
मंसिर ४,सोमबार ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ७ गते काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्न रोक लगाएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति, नागरिक बचाउ महाअभियान र नेकपा ९एमाले०को भ्रातृ संगठन राष्ट्रिय युवा संघले एकै समयमा माइतीघर मण्डलामा प्रदर्शन गर्ने घोषणा गरेपछि प्रशासनले माइतीघर मण्डलामा प्रदर्शन गर्न निषेध गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यका अनुसार माइतीघर मन्डलामा ७ गते हुने भनिएको दुवै पक्षको प्रदर्शन गर्न नदिने गरी निषेधित गरिएको छ ।

काठमाडौं जिप्रकाले दुवै समूहलाई माइतीघर मण्डलाबाहेक तीनकुने, चावहिल, माछापोखरी, मूलपानी क्रिकेट मैदान र नक्साल नारायणचौरमध्ये एकठाउँमा कार्यक्रम गर्न सुझाव समेत दिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस