देश

कर्णालीका हिमाली जिल्लामा हिमपात

himpat 1

एनएमबि न्युज डेक्स,काठमाडौँ
मंसिर १८,सोमबार ।

हिमाली जिल्ला हुम्लामा यो वर्षकै पहिलो हिमपात भएको छ । सोमबार बिहानैदेखि हुम्लामा हिमपात भएको छ । आइतबार मौसममा बदली भई रातिदेखि हुम्लामा भारी हिमपात भएको हो ।

गत वर्ष माघबाट हिमपात सुरु भए पनि यस पटक भने मंसिर तेस्रो सातामा हिमपात भएको हो । हिमाली जिल्ला हुम्लामा यो वर्षकै पहिलो हिमपात भएको प्रमुख जिल्ला अधिकारी बिनोदकुमार पोखरेलले बताए । हिमपातसँगै अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको छ ।

हिमपातले हुम्लाको एक मात्र हवाई यातायात सेवा पनि अवरुद्ध हुने भएको छ । हुम्लाको माथिल्लो क्षेत्र नाम्खा गाउँपालिका लिमी, यारी,चाला क्षेत्रमा पनि भारी हिमपात भएको छ ।

बिहानैदेखिको प्रतिकूल मौसमपश्चात हिउँ पर्न सुरू भएको छ । लामो समयदेखि हिउँदे झरी र हिउँ नपर्दा निराश बनेका किसानहरू हिउँ पर्न थालेपछि खुसी भएको नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाले बताए ।

त्यस्तै डोल्पा, मुगु र जुम्लाका माथिल्लो भागमा पनि हिँउ परिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएका छन् । हिमपातले हिमाली जिल्लामा हवाई सेवा बन्द भएको छ । सोमबार मुगु , डोल्पा, हुम्ला र जुम्लामा हवाई उडान हुन नसकेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस