समाचार

इटहरीमा एक महिलाको खुकुरी प्रहार गरी हत्या

khukueri 5a7fcc1ce67e33.23871272 3ebHszJMLz

एनएमबि न्युज डेक्स,काठमाडौँ
मंसिर १८,सोमबार ।

सुनसरीको इटहरीमा एक महिलाको खुकुरी प्रहार गरी हत्या भएको छ । इटहरी(२ शान्तिझोडास्थित राई टोलमा बसोबास गर्दै आएकी ६५ वर्षिया मधुमाया पुरीको हत्या भएको हो । खुकुरी प्रहारबाट गम्भीर घाईते भएकी मधुमायाको स्थानीय सामुदायिक अस्पताल तरहरामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । पुरीको सोही ठाउँमा बसोबास गर्दै आएका ४० वर्षिय सन्तोष राईले खुकुरी प्रहार गरी हत्या गरेका हुन ।
खुकुरी प्रहार गर्ने राईलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको भण्डारीले जानकारी दिनु भयो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस