धर्म-संस्कृति / रितिथिति

मन्दिर र गुफाको संरक्षणका लागि भोजपुरमा महायज्ञ

1 pu 1

एनएमबि न्युज डेक्स,काठमाडौँ
मंसिर १९,मंगलवार ।

मन्दिर र गुफाको संरक्षणका लागि भोजपुरमा महायज्ञ सुरु भएको छ । जिल्लाको पौवादुङ गाउँपालिका– १, तिलाहारको त्रिपुरेश्वर महादेव मन्दिरमा रहेको झारली मन्दिर र गुफाको संरक्षणका लागि मंसिर १५ गते (शुक्रबार) देखि एघार दिने श्रीमद शिव महापुराण सुरु सञ्चालन भैरहेको छ ।

4 pu

महायज्ञमा अहिले स्थानिय भक्तजन तथा दानविरदाताहरुको घुइचो लाग्ने गरेको छ । महायज्ञमा प्रमुख कथा वाचकको रुपमा श्री चुडामणी पोख्रेल र उपवाचकको रुपमा कृष्णहरी काप्ले रहनुभएको छ ।

४२ वर्षअघि अर्थात २०२८ सालमा उत्पति भएको यो देवस्थल अहिले संरक्षण र प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । हसेलीको जस्तै गुफा भित्रका शिव, पार्वती, राम, सीता, हनुमान, गौरी गणेश लगायत देवताको मुर्तीसँगै आश्चर्यजनक झाराली गुफासमेत रहेको छ ।

3 pu

2 pu

 

करीब दुई रोपनी क्षेत्रमा रहेको यो देवस्थलको संरक्षणमा अहिले स्थानीय जनता जागरुक भएर महापुराणको आयोजना गरेका हुन् । यहाँ दर्शन गरे सन्तान नहुनेको सन्तान प्राप्ति हुने, सोचे चिताएको पुग्ने धार्मिक विस्वास रहेको श्रेष्ठले जानकारी दिए । कुनै बालबालिकाको बोली नआएमा यहाँ ल्याएर दर्शन गराए वाक्य आउनेसमेत उनले बताए ।

1 pu

 

महायज्ञमा संगीतमय कथा वाचन सहित कथा अनुसारको झाँकी आदि प्रस्तुती भइरहेको पनि छ । महायज्ञ आगामी २५ गतेसम्म सञ्चालन हुने छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस