जीवनशैली

गृहमन्त्री श्रेष्ठलाई हृदयाघात

Narayankaji Shrestha1697678470 480X320

एनएमबि न्युज डेक्स,काठमाडौँ
मंसिर २०,बुधबार ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात भएको छ। श्रेष्ठ छातीमा असहज महशुस भएपछि मंगलबार राति शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका छन्।

उनको ‘लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरी’को एन्जियोप्लास्टी गरिएको हो। यसअघि करिब ७ साताअघि चीन भ्रमणको क्रममा उनको ‘लेफ्ट सर्कमफ्लेक्स आर्टरी’मा एन्जियोप्लास्टी गरिएको थियो।

उनको स्वास्थ स्थिर रहेको गृह मन्त्रालयले जनाएको छ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस