एनएमबि न्युज डेक्स,काठमाडौँ
मंसिर २० बुधबार ।
जिल्लाको लिखु तामाकोशी गाउँपालिका(३ खोल्मागाउँस्थित बृखेश्वर आधारभूत विद्यालयका शिक्षक यज्ञबहादुर श्रेष्ठको भीरबाट लडेर मृत्यु भएको छ ।
मंगलबार आफ्नो निवास रामेछाप नगरपालिका(३ साँघुटारमा रहेको घर नजिक पाखोमा घाँस काट्न गएका बेला ३९ वर्षीय श्रेष्ठ भीरबाट लडेर घाइते भएका थिए ।जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीका अनुसार घाइते श्रेष्ठलाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको थियो ।
श्रेष्ठको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक पराजुलीले बताए ।
प्रतिक्रिया दिनुहोस