मुख्य समाचार

गर्भवती लक्षित मनहरीको मकवानपुर को कार्यक्रमः निशुल्क जाँच एवं एम्बुलेन्स सेवा

manahari gaupalika nawayug

एनएमबि न्युज डेक्स,काठमाडौँ
मंसिर २१ बिहिबार ।

मकवानपुर को मनहरी गाउँपालिकाले गर्भवती महिला लक्षित कार्यक्रमको सुरुवात गरेको छ । बुधबार मात्रै गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले स्वास्थ्य शाखालाई भिडियो एक्स रे मेशीन हस्तान्तरण गरी वडाका स्वास्थ्य संस्थामार्फत सहज सेवा दिन निर्देशन दिनुभयो । ग्रामिण भिडियो एक्स रे सेवा मार्फत प्रत्येक वडाका गर्भवती महिलाहरुले नजिकैको स्वास्थ्य चौकिबाट निशुल्क सेवा प्राप्त गर्ने स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले जानकारी दिनुभयो ।

यसअघि दुर्गम गाउँका मानिसहरु सदरमुकाम सम्म पुगी सेवा लिन बाध्य थिए । गर्भवती जस्तो कष्टकर अवस्थामा दुरदराजका विपन्न महिलाहरुले ठुलो रकम खर्च गरी सदरमुकामसम्म पुग्नु पर्ने अवस्थाको अन्त्य भएको छ । यस्ता कार्यक्रमले गरीव महिलाहरुलाई ठुलो टेवा पुगेको स्थानीयहरु बताउँछन् ।

ambulance ad

साथै गाउँपालिकाले गर्भवती महिलाहरुलाई पुर्ण संस्थागत सुत्ेकरी सेवाका लागि निशुल्क एमबुलेन्स सेवाको पनि व्यवस्था गरेको छ । राज्यले पुर्ण संस्थागत सुत्केरीका लागि नियमीत जाँच गरेवापत भत्ता स्वरुप २ हजार ८ सय रुपैयाँ दिँदै आएको छ । यसमा थप सहयोगका लागि गाउँपालिकाले निशुल्क एम्बुलेन्स सेवा दिएको अध्यक्ष कालाखेतीले जानकारी दिनुभयो । यस्तै गर्भवती महिलाहरुको पिसाब तथा रगत जाँच सेवा पनि गाउँपालिकाले निशुल्क गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस