एनएमबि न्युज डेक्स,काठमाडौँ
मंसिर २१,बिहिबार ।
हिन्दुहरुको आस्थाको प्रतिक गाईको रक्षा र संरक्षण गर्दै धर्म र धर्म सस्कृतीको रक्षा गर्ने उद्येश्य सहित रुरु क्षेत्रधाम रिडीमा श्रीमद् भागवत गो रक्षा धनधान्यान्चल पितृमोक्ष ज्ञान महायज्ञ सञ्चालन भैरहेको छ । गत मंसिर १६ गतेदेखि महायज्ञ सञ्चालन भैरहेको छ । छाडा र अब्यवश्थित रुपमा रहेका गाईहरुको संरक्षण गर्दै गाई गुणको महत्व विश्वब्यापी बनाउने मुख्य उद्देश्यका साथमा महायज्ञ सञ्चालन गरिएकोे रुरु गौ सेवा आश्रमका अध्यक्ष राजु राणा मल्लले बताउनु जानकारी दिनुभएको छ ।
त्यस्तै रुरु क्षेत्र गाँउपालिका अध्यक्ष यदु ज्ञवालीले पनि महायज्ञको मुख्य उद्येश्य गौमाताको रक्षा गर्दै बेवारिसे अबस्थामा रहेका गाईहरुको संरक्षण गर्नु रहेकोमा महायज्ञको प्रशंसा गर्नुभएको छ । महायज्ञमा हरेक दिन बिहान गौपुजा, हवन, रुद्री, गीता, चण्डी, वेद साथै मध्यान्न १२ बजे देखी भागवत कथा प्रवचन भैरहेको छ । त्यसै गरी साँझ ४ बजे आरती, ५ः३० बजे गङ्गा आरती र भजनकृतन लगाएतका कार्यक्रम पनि नियमित भैरहेको प्रमुख संरक्षक शिव शंकर गिरीले बताउनु भयो ।
महायज्ञमा प्रमुख वाचकका रुपमा वाचन सम्राट पण्डित भिमकान्त भागवतले गरिरहनुभएको छ । गौ रक्षार्थ हुन लागेको महायज्ञमा सबै धर्म अनुरागीहरुको साथ र सहयोगको आवश्यकता रहेको आयोजकले जानकारी दिएको छ । महायज्ञ आगामी मंसिर २३ गते सम्म सञ्चालन हुने छ ।