देश

त्रिभुवन विमानस्थलबाट फेरी १४ किलो सुन बरामद

1 kachcha Sun 2EWASDbibs

एनएमबि न्युज डेक्स,काठमाडौँ

मंसिर २२ बुक्रबार ।

काठमाडौं त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको छ ।

फ्लाई दुबईको विमानबाट गएराति १२ बजे काठमाडौं आएका गोरखा बारपाकका चन्द्र घलेको साथबाट सुन बरामद भएको विमानस्थल प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले जानकारी दिए। उनका अनुसार दुई किलो दरका सातवटा बिस्कुट आकारको सुन बरामद भएको हो ।

विमानस्थल भन्सार कार्यालयलाई प्राप्त सूचनाका आधारमा भन्सार र प्रहरीको संयुक्त टोलीले घलेलाई पक्राउ गरेको हो। चन्द्रले गोरखाकै मिन घलेका लागि सुन ल्याएको बयान दिएपछि उनलाई पनि धुम्बाराहीबाट पक्राउ गरेकोे डीआईजी चन्दले थाहा सञ्चार नेटवर्कलाई बताए ।

उनका अनुसार पक्राउ परेका दुवैजनालाई भन्सार कार्यालयको जिम्मा लगाइएको छ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस