देश

सिरहामा ट्र्याक्टर पल्टिँदा काका–भतिजाको मृत्यु

road accident 600x360 1

एनएमबि न्युज डेक्स,काठमाडौँ
मंसिर २३ सनिवार ।

सिरहाको औरही गाउपालिका‌ २ तुलसीपुरमा ट्र्याक्टर पल्टिँदा काका–भतिजाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

खेत जोतेर फर्किने क्रममा गागन नदीको तटबन्धबाट स १ त ७४५८ नम्बरको ट्र्याक्टर पल्टिँदा काका–भतिजाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय सुरेन्द्र यादव र उनकै भतिजा ७ वर्षीय चन्दन यादव छन् ।

ट्र्याक्टरको ईन्जिनमा च्याम्पिएर उनी दुवै जनाको मृत्यु भएको स्थानीय रामबाबु यादवले जानकारी दिए । उनका अनुसार ट्र्याक्टरमै चढेका रञ्जन यादव घाइते भएका छन् ।

दुर्घटनापछि प्रहरीले घटनास्थलमा मुचुल्का तयार पारी मृतक काका–भतिजाको शव पोस्टमार्टमका लागि सिरहा प्रादेशिक अस्पताल लगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस