देश

मकवानपुरको चित्लाङमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

road accident 600x360 1 1

एनएमवि न्युज डेक्स,काठमाडौँ
मंसिर २४,आइतबार ।

मकवानपुर थाहा नगरपालिका ९ स्थित चित्लाङमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शनिबार काठमाडौंबाट चित्लाङ आउँदै गरेको बा ४ ख ८७७३ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ६५ प ४१७३ नम्बर को मोटरसाइकललाई ठक्कर दिँदा चालक थाहा नगरपालिका १० का ३० वर्षीय मनोज गमालको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार मोटरसाइकल पछाडि सवार ४८ वर्षीय शम्भु गमाल घाइते भएका छन्। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस