देश

तीन विशेष काम को लागी सहयोग गर्नोस प्रधानमन्त्रीलाई : मेयर बालेनको आग्रह

Mayor Balen Shah

एनएमबि न्युज डेक्स,काठमाडौ ।
मंसिर २९,शुक्रबार ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफूले वाचा गरेअनुसार काम भइरहेको र गरीरहेको जिकिर गरेका छन् । साथै उनले तीन वटा विशेष काम गर्न बाँकी रहेका र त्यस काम कौ लागि पहल गरिदिन शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् ।

आज २९ औँ महानगर दिवसको अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शाहले भने–‘हामीले वाचा गरेअनुसार महानगरपालिकाले काम गरिरहेको छ । हामीले गरेको काम महानगर बासीले पनि देखिरहनुभएको छ । अझै तीनकुनेको मुआब्जाको समस्या, खोलाको समस्या र फोहोर व्यवस्थापन यी तीन विशेष काम गर्न बाँकी छ । आशा छ ती काम को लागी सम्माननीय प्रधानमन्त्रीज्यूले पहल गर्नुहुन्छ होला ।’

kathmandu20mahanagar fgYSLoAc2u wzime98vqcwlpyvxptumuukmhtovg1rioydeqglngre1eovswlsz2ojfqwvn 1B5sgNDtZh u5xg1yuqurcjgxzraw31pj1cairkr3e9evklmv7j1n7ar6fvgjarjbexxcbk

शाहअघि सम्बोधन गरेका प्रधानमन्त्री प्रचण्डले महानगरपालिकाका समस्या समाधानका लागि आफूले पहल गर्ने बताएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस