जीवनशैली

सुर्तीजन्य पदार्थको बिक्री रोक्ने निर्णय कार्यान्वयन नगर्न उच्चको अन्तरिम आदेश

no smoking1648644992 1

एनएमबि न्युज डेक्स,काठमाडौँ
मंसिर २९,शुक्रबार ।

उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने काठमाडौँ महानगरको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ।

श्रीराम टोबाको उद्योगले हालेको मुद्दामा उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म महानगरको १२ मंसिरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।

आदेशमा ‘सुविधा सन्तुलन निवेदकहरुको पक्षमा विचारणीय देखिँदा स्वास्थ्य विभाग, काठमाडौँ महानगरपालिकाद्वारा १२ मंसिर २०८० मा जारी गरिएको सूचना प्रस्तुत रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कार्यान्वयन नगर्नु नगराउनू भनी विपक्षीहरुको नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ’ उल्लेख छ।

महानगरले मंसिर २७ गतेदेखि सुर्ती, खैनी, गुट्खा, पान परागजस्ता मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ।

साथै चुरोट खुद्रा बेच्न रोक लगाएको छ भने सार्वजनिक स्थानको १०० मिटर वरपर धुमपान गरे सय रुपैयाँ जरिवाना गर्ने निर्णयसमेत गरेको थियो।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस