जीवनशैली

प्यूठानका २ किशोरको दुर्घटनामा परि मृत्यु

road accident 600x360 1 1

एनएमबि न्युज डेक्स,काठमाडौँ
मंसिर ३०,सनिवार ।

दुर्घटनामा परि प्यूठानका २ युवाको मृत्यु भएको छ । दाङको घोराही– १० नारायणपुरमा गएराति टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार झिम्रुक ४ बाङ्गेका १७ वर्षका विशाल जिसी र नौबहिनी गाउँपालिका–६ लुङका १८ वर्षका सागर केसीको मृत्यु भएको हो।

रा १ क १३०७ नम्बरको टिपरले रा २ प ५५८९ मोटरसाइकललाई ठक्कर दिएको हो।

गम्भीर घाइते दुवैलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको थियो। उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस