देश

एमालेको ‘समृद्धि संकल्प यात्रा’ आज चिवाभञ्ज्याङ पुगेर समापन हुने

oli 14

एनएमबि न्युज डेक्स,काठमाडौ
पुस १ आइतबार

नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आज अन्तिम दिन चिवाभञ्ज्याङ पुगेर समापन गरिँदैछ ।पाँचथरको फिदिमबाट चिवाभञ्ज्याङ पुगेर राष्ट्रिय झण्डा झण्डोत्तोलनसहित यात्राको समापन हुने एमालेले जनाएको छ ।आजको यात्रा १ सय १ किलोमिटर रहेको छ । यात्रा टोली साँझ बास बस्न फिदिममा नै फर्कनेछ भने टोली सोमबार बिहान काठमाडौंका लागि प्रस्थान गर्नेछ ।

गत मंसिर १४ गते सुदूरपश्चिम प्रदेशको बैतडीबाट सुरु भएको संकल्प यात्रामा अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरू सहभागी छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस