देश

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु

accident M0VfzkLFRo

एनएमबि न्युज डेक्स,काठमाडौँ
पुस ६ शुक्रबार

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बागमती गाउँपालिका–८ साततलेमा बिहीबार बेलुकी बागमती प्रदेश ०३–००२ प ३२६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक स्थानीय ४२ वर्षीय अमर पाख्रिनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा पाख्रिन गम्भीर घाइते भएका थिए। उपचारका क्रममा राति हेटौंडा अस्पतालमा उनको मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस