देश

श्रीमानको उद्दारको माग गर्दै श्रीमतीले गरिन् आत्मदाहाको प्रयास

1 1

एनएमबि न्युज डेक्स,काठमाडौँ
पुस ६, शुक्रबार ।

प्रदेशी भुमी दुबईमा अलपत्र परेका श्रीमान् अकबर अन्सारीको सकुशल उद्दारका लागि श्रीमती अफ्रुज खातुनले पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी छन् । भद्रपुर– ८ फूलबारी टोल निवासी खातुनले बिहीबार भद्रपुर नगरपालिका पुगेर आत्मदाहको प्रयास गरेकी हुन् ।

aatmadaha1674979532दुई महिनादेखि दुबईमा बन्दीसरह बसिरहेका श्रीमान् अन्सारीको सकुशल उद्दारका लागि खातुन बिहीबार बिहान १० बजेतिर नगर प्रमुख गणेश पोखरेललाई भेट्न उनकै कार्यकक्ष पुगेकी थिइन्।

खातुनले नगर प्रमुख पोखरेलसँग कुराकानी गर्दागर्दै एक्कासी सलभित्र लुकाएर ल्याएको पेट्रोलको बोतल खोलेर शरीरमा छर्किइन् । त्यसपछि सलाई कोर्नै लाग्दा त्यहाँ उपस्थित कर्मचारीहरूले उनलाई बचाए । कुनै अप्रिय घटना हुन भने भएन।

 

त्यसपछि नगर प्रमुख पोखरेलले उनलाई र उनका परिवारका सदस्यलाई सम्झाइबुझाई घर पठाएका थिए । उनले श्रीमानको उद्दारका लागि आत्मदाहको प्रयास गरेको बुझिएको छ । नगर प्रमुख पोखरेलका अनुसार केही दिनअघि मात्र अन्सारीकी श्रीमती खातुनलाई भेटेर उनकै मोबाइल फोनबाट दुबईमा रहेका अन्सारीसँग गफगाफ गरेको बताए । ‘गफगाफको क्रममा अन्सारीलाई नआत्तिनुहोस्,हामी तपाईंको सकुशल उद्दारका लागि पहल गरिरहेका छौं भनी जानकारी गराएका थिए,’ नगर प्रमुख पोखरेलले भने ।

तर,अन्सारीसँगै अलपत्र परेका अन्य पाँचजनाको उद्दार भएको र अन्सारी एक्लै त्यहाँ रहेको जानकारी घरमा आएपछि अत्तालिएर नगरपालिका आएर आत्मदाहको प्रयास गर्न खोजेकी बुझ्नमा आएको उनले बताए ।

manpower 57Ul4wOUMO DiH3I0YyHk

अन्सारीको उद्दारका लागि संघीय सांसद विश्वप्रकाश शर्मा समेत लागि परेको बताउँदै उनले भने,‘मन्त्रालयमार्फत दुबईको राजदूतावाससँग कुराकानी भइरहेको छ,छ्ट्टिै अन्सारीको त्यहाँबाट सकुशल उद्धार गरिन्छ ।’

भद्रपुरमा आफ्नै फर्निचर पसल सञ्चालन गरी बसेका ३९ वर्षीय अन्सारी आर्थिक समस्याका कारण काठमाडौं धुम्वाराहीस्थित सागर रिक्रुटमेन्ट प्राली म्यानपावरबाट गत असोज २८ गते दुबई गएका थिए। सागर म्यानपावरले फ्री भिसा, फ्री टिकटको नाममा अन्सारीसँग १ लाख ७५ हजार रुपैयाँ लिएका थिए ।

म्यानपावरले उनलाई चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङमा फिनिसिङ कारपेन्टर ९फर्निचरको काम० ११२० दिराम ९करिब ४० हजार नेपाली रुपैयाँ० मासिक तलब दिने सर्त राखेर पठाएको थियो । तर,दुबई जेबेलअली पुगेपछि उनको काम फरक पर्‍यो । फिनिसिङ कारपेन्टर पठाएका उनीहरूलाई चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले त्यहाँ बेल्चा हान्न लगायो ।

लेबरको काम गर्दा उनी ९ दिनमै बिरामी परे । त्यसपछि उनकी श्रीमती खातुन उद्दाका लागि सबै समक्ष हारगुहार गर्न थालिन । म्यानपावरले अन्सारीको उद्दारका लागि प्लेन भाडा माग्न थालेपछि उनका परिवार झन् समस्या परेका थिए । स्रोत ताजाखबर

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस